skip this

कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार

2.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-दक्षिण कोरियाले १५ हजार भन्दा बढी नेपाली कामदार माग गरेको छ। ईपीएस भाषाा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाबिच भएको समझदारी पत्र (MoU) अनुरुप रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गरिएको हो।

कोरियन भाषा परीक्षा संचालन गर्न एचआडी कोरियाले वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखालाई पत्र पठाएको हो । सोही आधारमा कोरिया शाखाले आवेदन आह्वान गरेको हो।

आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने ईपीएस शाखाले जनाएको छ। परीक्षासम्बन्धि जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाईएको छ। १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिकहरूले आवेदन दिन सकिनेछ।

भाषा परीक्षा एक दिनमा ४ सिफ्टमा सञ्चालन हुनेछ । आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने ईपीएस शाखाले जनाएको छ। आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ ।

भाषा परीक्षाको नतिजा सार्वजनिक गरेपछि सीप परीक्षणको तालिका सार्वजनिक गरिनेछ। भाषा परीक्षामा सम्बन्धित क्षेत्रमा उत्तिर्णाङ्क प्राप्त गर्नेहरु मध्ये उच्चतम अंक प्राप्त गरेका आवेदकहरुलाई मात्र सीप परीक्षणमा समावेश गरिने सुचनामा उल्लेख गरिएको छ।

पहिलो चरणमा भाषा परीक्षा र दोश्रो चरणको स्किल टेष्टमा उत्तिर्ण भई स्वास्थ्य परीक्षणबाट समेत सफल भएपछि मात्र रोजगार आवेदन फाराम (Job Application Form) भर्न सकिनेछ ।परीक्षा आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गई अनलाईनबाट मात्र भर्नु पर्नेछ ।

 

nijgadh-supermart-adz1200-630