निजगढमा २७ मंसिरदेखि ज्ञानबद्र्धक धार्मिक अनुष्ठान राष्ट्र–शान्ति ज्ञान–महायज्ञ हुने
वि.सं.२०८० मंसिर १८ सोमवार २२:१६
बारा–बाराको निजगढमा ज्ञानबद्र्धक धार्मिक अनुष्ठान राष्ट्र–शान्ति ज्ञान–महायज्ञ हुने भएको छ ।
राष्ट्र शान्ति सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिका अध्यक्ष अम्बिका प्रसाद चौलागाईका अनुसार २७ मंसिरदेखि निजगढ शहीद चोकको पुरानो दाल मिलको प्राङ्गणमा सुरु हुनेछ ।
गाँउ, समाज, नगर एवं राज्यभर मानव समुदायमा शान्ति, सद्भाव, मित्रता, भाइचारा एवं बौद्धिक सनातन धर्महरु तथा विभिन्न जात–जाति एवं पन्थहरुमा सामाजिक सहिष्णुता कायम रहिरहोस् भन्ने उद्देश्यले शान्ति ज्ञान–महायज्ञ हुने भएको छ ।
महायज्ञमा नगरभित्र बसोबास गर्ने बौद्ध, हिन्दु, मुस्लिम, इसाई धर्मालम्बी, कृष्ण प्रणामी, ओेम–शान्ति, सत्मार्गी, बैष्णव समुदायलगायत समाजका बुद्धिजीवी, पत्रकार, शिक्षक, व्यापारी वर्ग, राष्ट्र–सेवक कर्मचारी, सुरक्षाकर्मी, आमा समूह, एकादशी समूह, सहकारी संस्था, नागरिक समाज, मठ–मन्दिर, गुम्वा, मस्जिद, चर्चका पुजारीवर्ग, समाजमा रहेका सामाजिक क्लब, जेसिस, रोटरी, लायन्स क्लब, बाल क्लब, रेडक्रस, स्काउट, संस्थागत तथा सामुदायिक विद्यार्थी वर्ग, ज्ञानी, ध्यानी, योगी, तपस्वीहरुलाई एकै ठाउँमा समावेश गराईने छ ।
महायज्ञमा धार्मिक, विज्ञान र अध्यात्मिक सम्बद्ध प्रवचन श्रवण गरी आत्मिक लाभ उठाउन अध्यक्ष चौलागाईले सादर आमन्त्रण गरेका छन् ।
कार्यक्रम :
मिति : २०८०/०८/२७ गते बिहान ५ बजेदेखि : कलश यात्रा / दिउँसो १ बजेदेखि उद्घाटन समारोह । मिति : २०८०/०८/२८ गतेदेखि २०८०/०५/०४ गतेसम्म बिहान ७ बजेदेखि ५ बजेसम्म मण्डप पुजन तथा यज्ञ हवन एवम् मूल पाठ पारायण ।
बिहान ११ बजेदेखि ४ बजेसम्म कवा प्रवचन एवम् देवलीला झाँकीहरु ।
साँझ ७ बजेदेखि ५ बजेसम्म भजनकिर्तन, महात्मय कथा प्रवचन एवम् देवलीला झाँकीहरु साबै पूजनीय सन्त-महात्माज्यूहरुको सतसंग प्रवचन।
२०८०/०५/०५ गते बिहान ७ बजे पुस्तकमा तिलार्पण, पूर्णाहुती, पूर्ण कलशाभिषेक, बिसर्जन ।
दिउँसो १ बजेदेखि समापन कार्यक्रम ।
वि.सं.२०८० मंसिर १८ सोमवार २२:१६