नेपाल प्रहरीको प्रवक्तामा कुबेर कडायत
वि.सं.२०८० वैशाख १४ बिहीवार १७:५०
2.31K
shares

काठमाडौं । प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनी प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।
प्रहरी नायव महानिरीक्षक कडायतलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
यसअघि पनि कडायत वरिष्ठ उपरीक्षक हुँदा प्रवक्ताको भूमिकामा रहेका थिए ।
वि.सं.२०८० वैशाख १४ बिहीवार १७:५०
















