कुसे गाउँपालिका अध्यक्ष बस्नेत हतियार बोकेर गाउँ डुलेपछि..!
वि.सं.२०७८ फागुन २३ सोमवार ११:४१
1.51K
shares

सुर्खेत । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुल्न थालेका छन् ।
स्थानीय तहको निर्वाचनको सम्मुखमा उनी गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् र उनको आलोचना भइरहेको छ ।
‘उनी जहिल्यै हतियारसहित आसेपासे लिएर हिँड्ने’ गरेकाे स्राेतकाे दाबी छ । अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कुनै कारण नभएको स्थानीयको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतलाई त्यस्तो सुरक्षा जोखिमबारे आफूलाई कुनै जानकारी नभएको बताए ।
उनले हतियारको बारेमा बुझ्न प्रहरीलाई निर्देशन दिइसकेको बताए ।
वि.सं.२०७८ फागुन २३ सोमवार ११:४१

















