आफैले पढाउने विद्यार्थी बलात्कार गर्ने शिक्षक पक्राउ
वि.सं.२०७८ फागुन २३ सोमवार ०९:५९

काठमाडौँ । अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थी आफैले पढाउने शिक्षकबाट पटक-पटक बलात्कारको शिकार हुनुपरेको रहस्य खुलेको छ ।
अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय ती शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको रहस्य खुलेको हो ।
त्यहाँका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले उक्त दिन निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको जानकारी दिए । त्यसपछि पनि उनले पटक-पटक बलात्कार गरेको प्रहरीको भनाइ छ ।
शिक्षकलाई पक्राउ गरी अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
*यसअघि समाचारमा शिक्षककाे तस्वीर गलत पर्न गएकाेमा तस्वीर परिर्वतन गरेको छ – डेक्स सम्पादक
वि.सं.२०७८ फागुन २३ सोमवार ०९:५९
















