दैलेखको महाबु गाउँपालिका अध्यक्षमा लक्षमण गुरुङ विजयी
वि.सं.२०७९ जेठ २ सोमवार १४:५०
2.2K
shares

काठमाडौं । एमाले र एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै दैलेखको महाबु गाउँपालिकामा नेपाली कांग्रेसका लक्षमण गुरुङ अध्यक्षमा विजयी भएका हुन् ।
गुरुङले २९७९ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २५१९ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका जंगबहादुर शाहीले २२६८ मत ल्याएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी मन्जु पाण्डेले ३१५५ ल्याएर विजयी भएकी छन् । त्यस्तै एमालेबाट उम्मेदवार दुर्गाकुमारी सिंहले २३०१ मत र एकीकृत समाजवादीका पुन्यप्रभा दशौदीले २१३३ मत ल्याएकी छन्।
वि.सं.२०७९ जेठ २ सोमवार १४:५०

















