प्रगतिशील लेखक संघ नेपाल मधेस प्रदेशको दोस्रो सम्मेलन सम्पन्न, घिमिरेको अध्यक्षतामा कार्यसमिति गठन
वि.सं.२०८० माघ २८ आइतवार २०:२०
काठमाडौं–प्रगतिशील लेखक संघ नेपाल मधेस प्रदेशको दोस्रो सम्मेलन शनिबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ ।
सम्मेलनले १७ सदस्यीय मधेस प्रदेश कार्यसमिती चयन गरेको छ । नारायण कुमार घिमिरेको अध्यक्षतामा नव गठित समितिको उपाध्यक्षमा किरण झा र रुद्रसेन बि.क., सचिवमा भिमकुमार राउत, सहसचिवमा मिना देवकोटा, सदस्यमा अम्विका दाहाल, फुल्गेन मगि, मुरलीप्रसाद यादव, भैरव गेलाल, विजय रिमाल, जिबछ उदासी, चन्द्रमणि पौडेल, राम उदित चयन भएका छन् । त्यसैगरि बाँकी सदस्य पछि थप गरिने भएको छ ।
उद्योग वाणिज्य संघ महोत्तरीको हलमा भेलाको प्रलेस महासचिव डा. देविप्रसाद दुलालले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव दुलालले सामन्तवादको अन्त्य गरि समाजवादको स्थापना गर्न २००९ सालमा प्रलेसको स्थापना भएको बताए ।
बामपंथी बिचारधाराका बुद्धिजीवीको बलियो संघ बिभाजित हुँदा समाजका बुद्धिजीवीहरुले नेकपा त टुक्रियो अब के गर्नुहुन्छ भनी अचेल आफुहरुलाई प्रश्न गर्ने गरेको सुनाए ।
‘माक्र्सवादी आलोचना मात्र होइन आत्मआलोचना पनि गर्दछ भन्दै साहित्यले बिचार प्रधान ठान्ने र कलालाई सहायक ठान्ने गरेको छ,’ उनले भने–हाम्रो समाजमा सामान्तवादी संस्कार अझैपनि रहेकोे र त्यो खिया लागेको र त्यो खिया लागेको ठाँउमा साहित्यकारका लेख रचनाले प्रहार गर्नुपर्ने छ ।
देशको ५४ जिल्लामा संघ रहेको र मेचीदेखि महाकालीसम्म यसलाई पु¥याउने सोच रहेको महासचिव दुलालले बताए ।
प्रलेस केन्द्रिय सदस्य तथा कोशी प्रदेश सह इन्चार्ज बोध प्रसाद घिमिरेले ५०५ प्रतिशत भन्दा बढी लेख रचना प्रलेसकै प्रकाशित हुने गरेको र बामपंथी बिचारधाराको प्रतिनिधित्व गर्ने प्रलेस रहेको तर पार्टी फुटेको कारण आफुहरुमा केही निराशा छाएको तर सबै नकारात्मक भने नभएको बताए ।
उनले सकारात्मक पक्ष भने गाउँ–गाउँमा संगठन गठन, निर्माण गर्ने काम पनि भएको र आफुहरुको कलम फुटमा नभई जुटको पक्षमा चल्नुपर्ने बताए ।
यसैगरी प्रलेस मधेस प्रदेशका निवर्तमान अध्यक्ष पुर्व केन्द्रिय सदस्य इन्द्र लामा पार्थ ‘सारथी’ ले प्रतिक्रियावादी दक्षिणपन्थी विरुद्ध लडिरहेका हाम्रा नेतृत्वहरु अवसरवादको सिकार भएको हो कि भन्ने शंका लागेको टिप्पणी गरे ।
प्रलेस केन्द्रिय सदस्य जिवन स्पर्सीले २०७५ सालमा पहिलो सम्मेलन बर्दिबासमा भएको बताउदै संगठित लेखक तथा साहित्यकारहरुले राम्ररी कलम नचलाएको भन्ने गुनासो जनताबाट आएको र दक्षिणपन्थी किराहरु जुर्मुराइरहेका र यिनिहरुको विरुद्धमा कलम चलाउने कि नचलाउने भन्दै प्रश्न गरे ।
प्रलेसका केन्द्रिय पार्सद गौरिशंकर मिथिला वाङ्ममय अग्नि कवज मधेसमा पहाडी र पहाडमा मधेसी साहित्यकारहरुलाई समेट्न नसक्दा पनि केहि समस्या भएको बताए । उनले अबका दिनमा समेटेर जानुपर्ने सुझाव दिए ।
त्यसैगरि सांसद शारदादेवी थापाले महिलाहरुले उत्पादन गरेका धेरै सामाग्रीहरु ठाँउ विशेषको रहेको तर सबैलाई जानकारी नहुँदा त्यसले बजारिकरण नभएको र सिपको सम्मान नभए बताउँदै अबका दिनमा साहित्यकारको आँखाले पनि त्यो उजागर गरिदिन आग्रह गरिन ।
उद्योग वाणिज्य संघ महोत्तरीका महासचिव उत्तमकुमार श्रेष्ठले बुद्धिजीवी र साहित्यकारको कलमले नै देशमा खबरदारी, प्रोत्साहन, पुरस्कृत र एउटा शिक्षित समाजको निर्माणमा ठुलो भुमिका रहने बताए ।
कार्यक्रममा प्रलेस उदपुरका अध्यक्ष माधब पोख्रेल ‘गोज्यागे’, प्रलेस धनुषाका अध्यक्ष रुद्रसेन बि.क., मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकी, भारत सितामडिका गजलकार कमरुदिन नवाजको पनि मन्तव्य दिए । कार्यक्रममा स्वागत प्रलेस केन्द्रिय सदस्य एवं मधेस प्रदेश सह–ईन्चार्ज पार्वती राउतले गरेकी थिईन् ।
वि.सं.२०८० माघ २८ आइतवार २०:२०