skip this

कीर्तिपुर नगरपालिकामा माओवादीकाे दाबी-हामी जित्दैछाैं

2.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौंकाे कीर्तिपुर नगरपालिकाे नेतृत्व गर्न दलहरु आ-आफ्नै कसरतमा छन् ।

नेकपा (माओवादी केन्द्र) मेयर पदमा शिव शरण महर्जन र उपमेयरमा सुशीला बस्नेतलाई अघि सारेकाे छ ।

स्थानीय स्तरमा लाेकप्रिय नेतृ समेत रहेकी उपमेयर पदकी उम्मेदवार बस्नेतले माओवादी केन्द्र जीतकाे नजिक रहेकाे बताईन् ।

उनले स्थानीय मतदानमा माओवादी नेतृत्वप्रति आकर्षण देखिएकाे उत्साहित भएर अघि बढिरहेकाे बताइन् ।

माओवादीकाे नीति, घाेषणा-पत्र, नेतृत्वकाे कृयाशिलता नै जीतकाे आधार भएकाे बताइन् । जसकाे नीति, उसकाे नेतृत्व स्थापित गरि समृद्ध र सुसंस्कृत नगरपालिकाे पहिचान स्थापित गर्ने अभियानमा सहयाेग गर्न बस्नेतले आह्वान गरिन् ।

यस्ताे छ प्रतिवद्वता पत्र
माओवादीले कीर्तिपुरकाे समृद्धि र पहिचानलाइ समेटेर प्रतिवद्वता पत्र ल्याएकाे छ ।

आज चुनावी शभा गर्दै

माओवादीले चुनाव लक्षित शभा गर्दैछ । कीर्तिपुरकाे पाँगादाेबाटाे नयाँबजारमा चुनावी सभा गर्न लागेकाे हाे । दिउँसो ३ बजे हुने सभालाई माओवादीका लिलामणी पाेखरेलले विशेष सम्बाेधन गर्नेछन् । यसअघि घरदैलाे गरिसकेकाे छ ।

nijgadh-supermart-adz1200-630