skip this farak Kura Pravakar

उपमेयर पदका उम्मेदवार दंगालकाे प्रतिवद्वता- निर्वाचित भएकाे केही महिनामै पुर्जा (भिडियाे)

पूर्जा दिलाउन नसके सन्यास लिने घाेषणा

3.3K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराकाे निजगढ नगरपालिकामा गठबन्धनका उपमेयर पदका उम्मेदवार रविराज दंगालले निर्वाचित भएकाे केही महिनाभित्र लालपुर्जा वितरण गर्ने प्रतिवद्वता जनाएका छन् ।

निजगढ ८ खयरघारीमा घरदैलाेपछि आयाेजित काेणसभालाइ सम्बाेधन गर्दै नेकपा माओवादी केन्द्रका युवा नेता समेत रहेका उपमेयरका प्रत्यासी दंगालले बाम-लाेकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

गठबन्धनका उम्मेदवार विजयी भए भुमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसाेबासीलाइ लालपुर्जा वितरण गर्न सहज हुने बताए । उनले विजयी भएकाे केही महिनाभित्रै लालपुर्जा वितरण गर्ने प्रतिवद्वता जनाए । उनले अर्काे निर्वाचनमा यहि एजेन्डा बाेकेर नआउने भन्दै प्रतिवद्वता पूरा गर्न नसके राजनीतिबाट सन्यास लिने घाेषणा गरे ।

नेता दंगालकाे पहलमा यसअघि चलनचल्तीमा नआएकाे पुर्जा चलनचल्तीमा आएकाे थियाे ।
निजगढमा वर्षौदेखि समस्याका रुपमा रहेका लालपूर्जा समस्याको समाधानका लागि पहल गर्ने अभियन्ताका रुपमा दंगाल परिचित छन् ।

दंगाल न लालपूर्जा समस्याको समाधान गर्ने आयोगका सदस्य हुन्, न जनप्रतिनिधि न त मालपोल–नापीकै कर्मचारी । उनी त नेकपा माओवादी केन्द्रका युवा नेता हुन् । तर पनि दंगालकै पहलमा निजगढका सयौंको लालपूर्जा चलनचल्तीमा आएको छ ।

लालपूर्जा भएर पनि चलनचल्तीमा नआउँदा पीडामा रहेका जनतालाई मल्हम लगाउने कार्यको नेतृत्व नेता दंगालले गरेका छन् । उनको पहलमा निजगढका विभिन्न वडाका सर्वसाधारणले वर्षौपछि आफ्नो सम्पति प्रमाणित रुपमा आफ्नो भएको महसुस गर्न पाए ।

पटक–पटक बनेका आयोग र जननिर्वाचित जनप्रतिनिधिले नबुझेको जनताको समस्या बुझ्दै नेता दंगालले पहल लिएर पूर्जा चलनचल्तीमा आएपछि उनीहरुको मुहारमा खुसी छाएको छ ।

पार्टी भन्दा माथि उठेर जनताको खुसीको लागि संघर्ष गर्दै आएका उनै दंगाल निजगढ नगरपालिकाको उपमेयर पदमा उम्मेदार बनेका छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रको चुनाव चिन्ह (गोलाकारभित्रको हसिँया हथौडा) लिएर उम्मेदवार बनेका छन् ।

निजगढका जनताले लामो समयदेखि जग्गा सम्बन्धि समस्या भोग्दै आएको नेता दंगाल बताउँछन् । सरोकारवालाले ध्यान नदिदा जनताले समस्याबाट छुटकारा पाउन नसकेका बताउने दंगाल भन्छन्–‘जनस्तरबाट मैले जति पहल गरेर लालपूर्जा पाउने अवस्था बन्यो, अब जनताको मत लिएर जनप्रतिनिधिका रुपमा मैले धेरै गर्न सक्नेछु । अहिले त आयोगमा हाम्रो पार्टीको समेत प्रतिनिधित्व छ । सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अझैं सहज हृुनेछ । ’

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630