skip this

रुपन्देही-४ ‘क’ मा लोसपाका कन्हैया बनिया विजयी

972 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले रुपन्देहीको क्षेत्र नम्बर ४ ‘क’ बाट प्रदेश सभामा खाता खोलेको छ । कन्हैया बनिया १५ हजार १३७ मतसहित प्रदेशसभामा निर्वाचित भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ९ हजार २५३ मत प्राप्त गरे ।  कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएका छन् ।निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा ५३ हजार ३८९ मतदाता रहेकोमा ३५ हजार ५७७ मत खसेको थियो ।

nijgadh-supermart-adz1200-630