skip this

पर्सा–४ मा कांग्रेसका रमेश रिजाल र सुर्खेत–२ मा हृदयराम थानी विजयी

1.96K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं।  पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रिजाल ३१ हजार १४२ मतसहित सांसदमा निर्वाचत भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँले २५ हजार ६१९ मत गरे ।

त्यस्तै नेपाली कांग्रेसका नेता हृदयराम थानी सुर्खेत–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।थानी ३४ हजार ६२५ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरे ।थानी योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्न सफल भएका छन् ।

nijgadh-supermart-adz1200-630