कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने लुम्बिनी प्रदेश सरकारको निर्णय
वि.सं.२०७९ मंसिर २९ बिहीवार ०९:२१
630
shares

काठमाडौं। स्थायी राजधानी दाङको देउखुरीमा लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ।बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश कार्यालयको सुभारम्भपछि बसेको पहिलो बैठकले स्थायी राजधानीमा आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । श्रेणीविहीन कर्मचारीलाई तीन हजार पाँच सय रुपैयाँ, चौथो, सहायक पाँचौं र अधिकृतसम्मलाई ६ हजार मासिक आवास सुविधा दिइनेछ ।
स्थायी राजधानीमा दाङमा स्थान्तरणका क्रममा आउने कर्मचारीहरुलाई सहजताका लागि वर्ग विभाजन गरेर आवासको सुविधा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तीलकराम शर्माले जानकारी दिएका छन्।
वि.सं.२०७९ मंसिर २९ बिहीवार ०९:२१

















