skip this

सुन्धारा पुनर्निर्माण विवादः पुरानो संरचना भत्काउने विषयमा मेयर साहको आपत्ति

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। सुन्धाराको पुरानो संरचना भत्काउने विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आपत्ति जनाएका छन् । करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सुन्धाराको परम्परागत संरचना धमाधम भत्काउन थालेपछि संकटा क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा साहले आपत्ति जनाएका हुन् । उनले सुन्धाराको पुरानो संरचना कुनै पनि हालतमा भत्काउन नदिने बताएका छन् । धरहरा निर्माणको जिम्मा पाएको कम्पनीले सुन्धाराको मुखसहित भुइँमा बिछ्याएका पुराना ढुंगा निकाल्ने गरी पुनर्निर्माण थालेपछि स्थानीय, सम्पदाप्रेमी, जनप्रतिनिधिलगायतले विरोध जनाएका हुन् ।

पुनर्निर्माणका नाममा सुन्धाराको मौलिकता नै मासिने काम भइरहेको भन्दै मेयर साहले निर्माण कम्पनीलाई तुरुन्तै काम रोक्न निर्देशन दिएका छन् । सुन्धारालाई जीवितै राखेर धरहरा आसपासमा बगैँचा बनाउने भनिए पनि निर्माणाधीन संरचनाले सुन्धारालाई नै नष्ट गर्ने उनको भनाइ छ । ‘कला, संस्कृतिको नमुना सुन्धाराका संरचना भत्काउन नहुँने बताउँदै यसलाई संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

nijgadh-supermart-adz1200-630