बारामा उद्योगभित्र लुटपाट गर्ने समुह र प्रहरी बिच भिडन्त : प्रहरी घाईते, दुई जना पक्राउ
वि.सं.२०७९ भदौ १९ आइतवार ०९:२५

काठमाण्डौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सिलिन्टर कम्पनी एरोटेक प्रा.ली.मा लुटपाट गर्ने समुह र प्रहरी बिच शनिबार राती दोहोर भिडन्त भएको छ ।
करिब २० जनाको समुहमा रहेका लुटेराको समुहले उद्योग भित्र लुटपाट मचाईरहेको खबर पाएर पुगेर प्रहरी टोली र लुटेरा समुह बिच दोहोर भिडन्त भएको हो ।
दोहोर भिडन्तमा डाकाले एक राउन्ड र प्रहरीले तीन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । डाकाले चार राउन्ट फायर गरेपनि तीन राउन्ट नपड्केको र एक राउन्ट पड्केको थियो ।
प्रहरी र लुटेरा घाईते
भिडन्तमा वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) कलाम शाही घाईते भएका छन् । लुटेरा पक्राउ गर्ने क्रममा रड प्रहारबाट शाही घाईते भएका हुन् । उनको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । त्यस्तै दोहरो भिडन्तमा एक जना लुटेरा पनि घाईते भएका छन् । उनको अल्पाईन अस्पताल सिमरामा उपचार भईरहेको जनाइएको छ ।
हतियार बरामद्
प्रहरीले दोहोरो भिडन्तको क्रममा एक–एक थान कटुवा पेस्तोल, एकनाले बन्दुक र तीन थान गोली सहित तीन जना लुटेरा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपराका जयराम पासवान र जीतपुरसिमरा उपमहानगरपालिका–१० बलुवाबेहराका जवाहिर महतो रहेका छन् ।
‘मध्यरातमा डाँका समूहले उद्योगमा लुटपाट गर्न खोजेका थिए, समयमै प्रहरी पुगेर रोक्न सफल भएका छौं’ बाराका प्रहरी उपरीक्षक बोगटीले भने, ‘दुई जना डाकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’ पक्राउ परेका दुई जनालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।
वि.सं.२०७९ भदौ १९ आइतवार ०९:२५

















