skip this farak Kura Pravakar

पत्रकारलाई एआई सिकाउँदै मधेसको आमसञ्चार प्राधिकरण (भिडियोसहित)

753 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– बारामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

आमसञ्चार प्राधिकरण जनकपुरधामको आयोजना तथा नेपाल पत्रकार महासंघ बारा शाखाको समन्वयमा तालिम आइतबार कोल्हवीस्थित होटल रोजहूड प्यालेसमा सम्पन्न भएको हो।

बारा क्षेत्र नं. १ (क) का प्रदेश सांसद त्रिलोकीप्रसाद चौधरीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका छन् ।

सांसद चौधरीले पत्रकारितामा सूचना सत्य वा असत्य दुवैको ठूलो प्रभाव रहने उल्लेख गर्दै समाचार लेख्नु अघि विषय, सन्दर्भ र सामाजिक प्रभावबारे गम्भीरतापूर्वक विचार गर्नुपर्नेमा जोड दिए । उनले गलत कामलाई गलतकै रूपमा प्रस्तुत गर्न तथा ढाकछोप गर्ने शैलीबाट टाढा रहन पत्रकारलाई आग्रह गरे ।

आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष खड्काले एआई प्रविधिको तीव्र विकाससँगै यसको सही प्रयोगबारे जानकरी अपरिहार्य भएको बताए । यसै उद्देश्यअनुरूप मधेश प्रदेशका आठै जिल्लामा एआईसम्बन्धी एक दिने तालिम सञ्चालन गरिएको र प्रदेश सरकारले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रम निरन्तर जारी राख्ने जानकारी उनले दिए ।

प्रेस मञ्चका केन्द्रिय अध्यक्ष मनोजकुमार यादवले एआईसँग घुलमिल भएर त्यसबाट फाईदा लिन सकिने धारणा राखेका छन् ।

नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदीले एआईले गुणस्तरीय सामग्री निर्माणमा योगदान गरे पनि यसको दुरुपयोगबाट बच्नुपर्नेमा उनले जोड दिए ।

तालिममा बारा जिल्लाका करिब चार दर्जन सक्रिय पत्रकार सहभागी थिए । सहभागि पत्रकारहरुलाई तालिमका प्रशिक्षक एआई अध्येता तथा अभ्यासकर्ता जीवन भण्डारी र पत्रकार प्रकाश मैनालीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण आमसञ्चार प्राधिकरण जनकपुरधामको प्रशासकीय अधिकृत रन्जिता साह र स्वागत मन्तव्य महासंघ बाराका उपाध्यक्ष पनालाल दासले राखेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरुप्रसाद गौतम, लक्ष्मी साह, रेशम तिवारी, वरिष्ट पत्रकार सत्यप्रकाश श्रेष्ठ, गोकुल घोरसाईने लगायत विभिन्न सञ्चार सम्वद्र्ध संस्थाका अध्यक्ष एवं प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

nera mabi laal
nijgadh-supermart-adz1200-630