skip this farak Kura Pravakar

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

549 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम-सात दलको समर्थनमा मधेशका मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता यादवलाई नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा यादवलाई नियुक्त गरिएको हो ।

प्रदेश प्रमुख कार्यालय जनकपुरधामले मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेको थियो ।

 

nera mabi laal
nijgadh-supermart-adz1200-630