यी हुन् मधेस प्रदेशको मुख्यमन्त्रीको आकाक्षि ! को कहाँबाट उम्मेदवार ?
को बन्ला मधेसको मुख्यमन्त्री ? दौडमा छन् यी नेता
वि.सं.२०७९ असोज ३० आइतवार १०:३९

काठमाडौं– प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासंगै मधेसमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ । प्रदेश सरकारको नेतृत्वमा मुख्य दल नेपाली कांग्रेस, जसपा, लोसपा, एमाले, माओवादी केन्द्रबाट उम्मेदवार बनेका माथिल्लो वरीयताका नेताहरुकै चर्चा छ ।
विगतमा प्रदेशमा नेतृत्व गरेकादेखि प्रभावशाली भूमिकामा देखिएकाहरु पुनः चुनावी मैदानमा होमिएका छन् ।
लालबाबु राउत गद्दी–पर्सा १ (ख)
जसपाका नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउत गद्दी पुनः चुनावी मैदानमा छन् । ७ वटा प्रदेशमध्ये पुरा कार्यकाल काम गर्न पाएका मुख्यमन्त्री राउत पर्सा १ (ख) बाट उम्मेदवार बनेका उनी मधेस प्रदेशको दोस्रो कार्यकालको लागि मुख्यमन्त्रीका प्रमुख दावेदार हुन् ।
सरोज यादब बारा १ (ख)
मधेस प्रदेशको निवर्तमान सभामुख सरोज यादब जसपाबाट मुख्यमन्त्रीका अर्का दाबेदार हुन् । उनी बारा–१ (ख) बाट उम्मेदवार छन् । उनी यसअघि पनि सोहि क्षेत्रबाट निर्वाचित भएका थिए ।
विजय यादब–सिरहा २ (क)
जसपाका अर्का मुख्यमन्त्रीका आकाक्षि हुन्, विजय यादब । उनी सिरहा क्षेत्र नं. २ (क) बाठ उम्मेदवार छन् ।
जितेन्द्र सोनल– बारा ४ (ख)
बारा क्षेत्र नं. ४ (ख) बाट उम्मेदवारी दर्ता गराएका लोसपाका नेता जितेन्द्र सोनल मुख्यमन्त्रीको दाबेदार हुन् । उनी प्रदेश सरकारका पूर्व भौतिक पूवाधार मन्त्री हुन् ।
कृष्ण यादव
नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादव मुख्यमन्त्रीका दाबेदार हुन् । उनी रौतहट १ (ख) बाट उम्मेदवार बनेका छन् ।
रामसरोज यादव
रामसरोज यादव धनुषा ३ (क) का उनी सरकारका निवर्तमान पूर्व भौतिक पूवाधार मन्त्री हुन् ।
वीरेन्द्रप्रसाद सिंह
नेपाली कांग्रेसका नेता वीरेन्द्रप्रसाद सिंह कांग्रेसका अर्का मुख्यमन्त्रीका आकांक्षि सलार्ही ४ (क) का उम्मेदवार हुन् ।
भरत साह–महोत्तरी १ (ख)
प्रदेश सरकार सञ्चार तथा आन्तरिक मामिला मन्त्री भरत साह मुद्ययमन्त्रीका माओवादीका दाबेदार हुन् । उनी महोत्तरी १ (ख) बाट उम्मेदवार बनेका छन् ।
नेकपा (एमाले) आकांक्षि देखिएका छैनन् । प्रभु साहले पार्टी छाडेपछि मुख्यमन्त्रीका आकांक्षिबारेमा एमालेमा अन्यौलता छाएको छ ।
वि.सं.२०७९ असोज ३० आइतवार १०:३९

















