skip this

माघे संक्रान्तिको अवसरमा श्री सत्येश्वर शिवशक्ति आधारभूत विद्यालय निजगढ–७ लच्कामा सांस्कृतिक कार्यक्रम सम्पन्न

933 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बदलिँदो सामाजिक परिवेशसँगै क्रमशः बिर्सिँदै गइरहेका नेपाली मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले आज श्री सत्येश्वर शिवशक्ति आधारभूत विद्यालय, निजगढ–७ लच्कामा माघे संक्रान्ति विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमका क्रममा शिक्षक तथा विद्यार्थीहरूबीच माघे संक्रान्तिको अवसरमा आपसी शुभकामना आदान–प्रदान गरिएको थियो । साथै पर्वको सांस्कृतिक महत्वलाई आत्मसात गराउँदै भुजा, तिलको लड्डु र तरुल खाजाका रूपमा वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकारका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई नेपाली मौलिक संस्कार, परम्परा र संस्कृतिप्रति सचेत गराउनुका साथै सामाजिक मूल्य र पहिचानको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

nijgadh-supermart-adz1200-630