skip this

एकीकृत समाजवादी पार्टीका काभ्रे जिल्ला अध्यक्ष टोकबहादुरद्वारा चरम भ्रष्टाचार

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा चरम भ्रष्टाचार

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं।

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा चरम भ्रष्टाचार भएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका काभ्रे जिल्ला अध्यक्षसमेत रहेका मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले योजनावद्ध रुपमा नगरपालिका भ्रष्टाचारमा डुबाएको देखिएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको उजुरीपछि नगरपालिकालाई पत्र लेख्दै ९ प्रश्नको जवाफ मागेर कार्यालयको कागजात समेत नियन्त्रणमा लिएको छ ।

अख्तियारले अहिले नगरपालिकाको सबै कामको छानविन गरिरहेको छ ।

आयोगले २०७८ बैशाख २३ मा नगरको नाममा गोप्य पत्र लेख्दै नगर प्रमुखको छोरा सुरेश वाइबा प्रोपाईटर रहेको आरम्भ कन्सट्रक्सन प्रालिलाई बिभिन्न निर्माणकार्य गर्न दिँदाको सबै कागजपत्र मागेको पाइएको छ ।

यस अघि नगरपालिकामा मेयर टोकबहादुर वाइवाले बजेट दुरुपयोग गरेकोभन्दै आवाज उठेको समेत थियाे ।

नगर प्रमुख वाईबाको गलत रवैया, नगरको नीति तथा कार्यक्रम र बजेट पुस्तिका भन्दा बाहिर मनपरि रकमको दुरुपयोग, अनियमितता, नगरको बजेट आफ्ना मान्छे र प्रभावित गर्ने गरि दुरूपयोग भएकोमा विरोध गर्दै जनपक्षीय काम हुनुपर्ने माग राखी नगर उप प्रमुख निर्मला शाहीको नेतृत्वमा नेकपाका बहुमत नगर सभा सदस्यले बहिष्कार समेत गरेकाे थियाे ।

यस बिषयमा बुझ्न खाेज्दा नगरपालिकाका मेयरले फाेन उठाउनु भएन ।

nijgadh-supermart-adz1200-630