बारा २ मा माओवादीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता
वि.सं.२०७९ मंसिर ८ बिहीवार १७:१६
2.91K
shares

बारा– बारा क्षेत्र नं. २ प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।
निर्वाचनको मतपरिणाम अनुसार कुशवाहले ८ सय ४९ मतले अग्रता लिएका हुन् । उनले ९ हजार ७ सय २७ मत ल्याएका छन् ।
जसपाका रामसहाय प्रसाद यादवले ८ हजार ८ सय ७८, स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ७ हजार ७ सय १२ मत ल्याएका छन् ।
कांग्रेसका बागि उम्मेदवार रोशन यादब (फुल) ले ६ हजार ८ सय ५० मत, स्वतन्त्र उम्मेदवार अरुण ज्ञवाली (कल) २ हजार ३ सय २३ मत पाएका छन् ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार १७:१६
















