skip this farak Kura Pravakar

एमसीसी सम्झाैता उल्टाउनुपर्छ, जनताले खारेज गर्छन् : आहुती

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुतीले एमसीसी सम्झाैता उल्टाउनुपर्ने बताएका छन् । उनले एमसीसी कार्यान्वयनमा गइसकपनि जनताले खारेज गर्ने बताए ।

आहुतीले अरु देशमा पनि कार्यान्वयन गएपनि एमसीसी लखेटिएकाे भन्दै नेपाली जनताले साम्राज्य विराेधी नयाँ संघर्ष गर्नुपर्ने बताए ।

६ दल र दुइ माेर्चाले एमसीसी विरुद्ध नयाँ माेर्चाका लागि छलफल सुरु भएकाे उनले जानकारी दिए । विगतमा पनि प्रयास भएपनि अघि बढाउन नसकिएकाेमा आत्मआलाेचना गर्दै अब अघि बढ्ने बताए ।

आहुतीले एमसीसी सम्झाैताकाे विराेध गर्दै आएका नेत नारायणकाजी श्रेष्ठलाइ माओवादी केन्द्रसंग सम्बन्ध विच्छेद गर्न आह्वान गरे । उनले नेता भीम रावल र झलनाथ खनाललाइ संसदिय प्रकृयाबाट बाहिर निस्किन आग्रह गरे ।

सत्ता संगठनका एमसीसी विराेधी नेता सभा आउन के ले राेक्याे ? भनेर प्रश्न गरेका छन् ।

nijgadh-supermart-adz1200-630