skip this

आचार्य नेतृत्वमा इकोनोमिक मिडिया एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमिति चयन भएको छ ।

बुधबार काठमाडौंमा सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधव प्रसाद तिवारी र अर्थबजार डटकमका डिल्ली प्रसाद सापकोटा चयन भएका छन् ।

संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन् ।

त्यसैगरि संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् भने कार्यकारी सदस्यमा कर्पोरेट बजार डटकमकि अप्सरा गौतम चयन भएकी छन् ।

आर्थिक विधाका सञ्चारमाध्यमहरुको हकहितका लागि भन्दै गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडियाहरु सदस्य छन् ।

nijgadh-supermart-adz1200-630