skip this hetauda tech

निफ महोत्सव आउँदो चैत्र २ देखि ६ गतेसम्म हुने

459 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा गरेको हो ।

कार्यक्रमबारे जानकारी गराउँदै कार्यक्रमका मिडिया संयोजक दिवस गुरागाईंले आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म छैटौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने बताए । उनले ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरिएको बताउँदै विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ पुरस्कार वितरण गरिने जानकारी दिए ।

उनले यस पटकबाट निफका प्रतिष्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गर्ने र क्युएफएक्स सिनेमासँगको सम्झौता अनुसार काठमाडौंको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन हुने बताए ।

महोत्सवका रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिनेपनि बताए । उनले भने, ‘कोभिड १९ का कारण चौथो र ५ औं निफ कष्टपूर्ण जनजीवनका बीच गर्नुपरेको थियो । प्रतिष्पर्धामा आएका बाढीले भने हामीलाई उत्साहीत बनाएको छ ।

५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरी विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ ।

यस पटकबाट निफका प्रतिष्पर्धी चलचित्र सिनेमा हलमा गरिनेछ । क्युएफएक्स सिनेमासँगको सम्झौता अनुसार काठमाडौंको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन गरिनेछ । विगतमाझैँ महोत्सवका रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिइनेछ ।

चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारहरुको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुनेछ । यस्ता कार्यक्रमले नेपाली चलचित्रको आगामी मार्ग तयार गर्न भूमिका खेल्नेछ ।’

महोत्सवममा चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारहरुको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

फिल्म छनौट समितिमा चलचित्रकर्मी साहजमान श्रेष्ठ क्यामेरामान दीपक बज्राचार्य निर्देशक ऋषि लामीछाने निर्देेशक यादव भट्टराई लेखक तथा निर्देशक पुरु लम्साल निर्देशक संगिता श्रेष्ठ र सविना गोपाली रहेका थिए ।

nijgadh-supermart-adz1200-630