skip this

आत्महत्या सम्बन्धी समाचार संवेदनशील ढंगले प्रस्तुत गर्न सञ्चारकर्मीलाई आग्रह

513 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ स्थित तारा इन होटलमा आयोजित छलफल कार्यक्रममा आत्महत्या सम्बन्धी समाचार तथा सामग्री सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्दा विशेष संवेदनशीलता अपनाउन सञ्चारकर्मीहरूलाई आग्रह गरिएको छ ।

सञ्चारकर्मीहरूको सहभागितामा सम्पन्न “आत्महत्या रोकथाम तथा यसको मार्गदर्शन २०८० सम्बन्धी छलफल” कार्यक्रममा वक्ताहरूले पछिल्लो समय सूचना प्रवाहका माध्यमहरूमा आएको तीव्र परिवर्तनसँगै डिजिटल सञ्चार माध्यमबाट समाचारको पहुँच व्यापक बनेको बताएका थिए ।

विशेषगरी इन्टरनेट र सामाजिक सञ्जालमार्फत युवापुस्ताले बढी सूचना प्राप्त गर्ने भएकाले आत्महत्या सम्बन्धी सामग्री प्रस्तुत गर्दा थप जिम्मेवारी आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

यूनाईटेड मिसन टु नेपालको सहयोगमा कार्यक्रममा संरक्षण नेपालले निजगढमा सञ्चालित गरिरहेको एकिकृत समुदाय स्वास्थ्य परियोजना अन्तर्गत सञ्चारकर्मीका लागि आत्महत्या रिपोटिङ्गमा संवेदनशीलता तथा मानसिक स्वास्थ्य तथा गैर संक्रमित रोग सचेतना कार्यक्रममा भएको हो ।

कार्यक्रममा प्रोजेक्ट म्यानेजर इश्वर केसीले आत्महत्या रोकथाम सम्बन्धि सञ्चारकर्मीहरुका लागि मार्गदर्शन २०८० मा गरिएको व्यवस्था बारेमा प्रस्तुति दिएका थिए ।

सामाजिक सञ्जालमा आत्महत्या सम्बन्धी सामग्रीलाई हाइपरलिङ्क बनाएर प्रचार नगर्न, घटना भएको स्थान वा तरिका स्पष्ट देखिने अडियो–भिडियो सामग्री प्रयोग नगर्न तथा मृतक व्यक्तिको फोटो प्रयोग गर्दा अत्यन्त सावधानी अपनाउन सुझाव दिइएको छ ।

साथै समाचारको शीर्षक तथा सामग्री तयार गर्दा आत्महत्या सम्बन्धी हानिकारक शब्द प्रयोग नगर्न र खोज इञ्जिन अनुकूलन (एसईओ) गर्दा पनि संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिइएको थियो ।

छलफलका क्रममा आत्महत्याका घटना हुनुमा मानसिक स्वास्थ्यको अवस्थाले पार्ने प्रभावको बारेमा मनोपरामर्शकर्ता उमा दाहालले प्रस्तुति दिएकी थिईन् ।

उनले आत्महत्याका समाचारलाई सनसनीपूर्ण ढंगले प्रस्तुत गर्दा जोखिममा रहेका व्यक्तिहरूमा नकारात्मक प्रभाव पर्न सक्ने बताईन् । विभिन्न अध्ययनहरूले जिम्मेवार पत्रकारिताले आत्महत्या तथा आत्महत्याजन्य व्यवहार घटाउन सहयोग पु¥याउन सक्ने देखाएको जानकारी पनि कार्यक्रममा दिएकी थिईन् ।

nijgadh-supermart-adz1200-630