skip this

सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

960 shares
oil-nigam-amlekhgunj-adv.jpeg

 आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ। प्रतिनिधिसभाको बैठकलाई अघि बढाउने सन्दर्भमा सो भेट भएको हो ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताको भेटवार्ता भएको छ।

छलफलमा सभामुखसहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।

nijgadh-supermart-adz1200-630