कोरोना संक्रमण बढेपछि सीमा नाकामा कडाई
वि.सं.२०७९ चैत २५ शनिवार १६:४८

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रम दर बढ्न थालेपछि प्रदेश सरकारले भारतसंग जोडीएका सीमा नाकामा स्वास्थ्य चेकजाँचमा कडाई गरेको छ ।पछिल्लो समय भारतबाट आउने नागरिकमा कारोना संक्रम देखिन थालेपछि स्वास्थ्य चेकजाँचमा कडाई गरिएको सामाजिक बिकास मन्त्रालयका प्रबक्ता तथा बरिष्ट स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीले बताए ।
‘अहिले भारत संग सीमाना जोडिएका प्रदेशका सवै नाकामा स्वास्थ्य चेकजाँचमा कडाई गरिएको छ,’ कार्कीले भने, ‘रोग लागेका व्यक्तिलाई अन्य यात्रुबाट छुट्टै राखेर उनिहरुको गन्तव्य स्थान सम्म जान सुझाव पनि दिइरहेका छौं ।’ पछिल्लो समय देखिएको संक्रमण कोरोनाको ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट हुन सक्ने उनले बताए । भारतमा ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट तिब्र रुपमा फैलिरहेको हुँदा अहिले देखिने संक्रमितमा पनि सो भेरियन्ट सक्रिय हुन सक्ने उनले बताए ।
‘यो ओमिक्रोनको रुपान्तरित भेरियन्ट हो,’ कार्कीले भने, ‘अहिले भारतमा यो भेरियन्ट तिब्र रुपमा फैलिरहेको छ, भारतबाट नेपाल भित्रीने नागरिकमा पनि पछिल्लो दिनहरुमा संक्रमण देखिने क्रम बढेको छ ।’ सुदूरपश्चिममा कोरोना संक्रमण नियन्त्रणका लागि हालसम्म खास्सै तयारीको योजना भने नरहेको उनले बताए ।
‘अहिले सम्म संक्रमितपनि त्यती धेरै देखिएका छैनन्, उनले भने, ‘भएकाहरुमा पनि गम्भिर स्वास्थ्य समस्या छैन, संक्रमणदर उच्च भएमा त्यसबारेमा केन्द्रले निर्णय गर्ला ।’ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्णय केन्द्रिय कोभीड नियन्त्रण समितिले गर्ने गरेको उनले बताए । सुदूरपश्चिममा कारोना रोकथामका लागि भौतिक संरचनाको अभाव नरहेको उनले बताए । ‘संरचना हामीसंग प्रयाप्त रहेको छ,’ यदी नयाँ भेरियन्ट तिब्र रुपमा फैलि हालेपनि त्यसलाई रोक्न र व्यवस्थापन गर्न यहाँ कुनै समस्या हुनेछैन ।’
वि.सं.२०७९ चैत २५ शनिवार १६:४८

















