skip this

पार्टीका शीर्ष नेताहरूसँगको भेटघाट कुनै पद प्राप्तिका भएको होइन – अर्जुननरसिंह केसी

735 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। पार्टीका शीर्ष नेताहरूसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन् । नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरूसँग भेट गरेको बताएका छन् । अर्जुननरसिंह केसीले अहिलेको राजनीतिक स्थिति चुनौतिपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरूसँग भेट बढाएको बताएका छन् ।

स्थापित पार्टीका नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोटका रूपमा नागरिकहरूले स्वतन्त्रहरूलाई भोट दिएको नेता केसीले बताएका छन् । अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार विरोधको आवाज, विधि विहीनता विरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रूपमा आफूले काम गर्ने बताएका छन् ।

मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनै पनि पद माग्न नजाने नेता केसीले स्पष्ट पारेका छन् । नेता केसीले यथास्थितिमा बसेर काम गर्न रहर नरहेको तर नयाँ सरकार र नयाँ पात्रहरूबाट देशका लागि केही गरौँ भन्ने किसिमको सरकार निर्माण भए देशका लागि केही योगदान गर्ने इच्छा रहेको बताएका छन् ।

उनले नेपाली कांग्रेसकै नेतृत्वमा आगामी सरकार बन्ने पनि दाबी गरेका छन् । निर्वाचनमा जनताको बीचमा गरेका प्रतिबद्धताहरूलाई पूरा गर्नका लागि गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिबद्धता नै आजको आवश्यक्ता भएको बताएका । नेता केसीले कांग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले पनि कांग्रैसकै नेतृत्वमा सरकार बन्ने बताए ।

nijgadh-supermart-adz1200-630