उपप्राध्यापक र कर्मचारीहरूका लागि मध्यपश्चिम विश्वविद्यालयद्वारा दरखास्त आह्वान
वि.सं.२०७९ जेठ २३ सोमवार ०६:५२
960
shares

काठमाडौं । उपप्राध्यापक र कर्मचारीहरूका लागि मध्यपश्चिम विश्वविद्यालयले दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयअन्तर्गत विभिन्न संकायका क्याम्पसहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।
शैक्षिक र प्रशासनिक पदहरूमा करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सोमबार प्रकाशित सूचनामा जनाइएको छ ।योग्य नेपाली नागरिकले आउँदो असार २६ गते दिउँसो ३ बजेभित्र (त्यसपछि दोब्बर दस्तुर तिरेर साउन १ गतेसम्म) आवेदन दिन सकिने छ ।
वि.सं.२०७९ जेठ २३ सोमवार ०६:५२

















