skip this

नेपाल बार एसोसिएसन उदयपुरको अध्यक्षमा निरौला निर्वाचित

1.47K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।नेपाल बार एसोसिएसन उदयपुर इकाईको १६औँ अधिवेशन तथा २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्य समितिका पदाधिकारीहरू निर्विरोध चयन गरेको छ । उदयपुर बार इकाईको अध्यक्षमा मोहनकुमार निरौला निर्विरोध चयन गरेको हो ।

त्यसैगरी उपाध्यक्षमा भक्तबहादुर दनुवार, सचिवमा सुमित्रा कोइराला र कोषाध्यक्षमा दीपक बस्नेत चयन भएका छन् । सदस्यहरूमा दुर्गाकृष्ण पोखरेल, लक्ष्मीनारायण चौधरी, केदारबहादुर कटुवाल, कञ्चन श्रेष्ठ र कृष्णबहादुर खत्री चयन भएका हुन् ।

पार्षद् सदस्यमा कृष्णबहादुर बस्नेत, गणेशप्रसाद दाहाल र ब्रह्मदेव चौधरी चयन भएको छ । बार एसोसिएसनको सभा हलमा सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनमा जिल्ला कार्यरत कानुन ब्यवसायीहरूको उपस्थित रहेको थियो ।

nijgadh-supermart-adz1200-630