skip this farak Kura Pravakar

तामागढी–रतनपुर सडक खण्डमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, दुई जनाको अवस्था गम्भीर

489 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा -बाराको निजगढ नगरपालिका–११ तपस्या स्थलस्थित तामागढी–रतनपुर भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

मिति २०८२।११।१८ गते साँझ करिब ५:१५ बजे कोल गाउँबाट तामागढीतर्फ जाँदै गरेको ना. ६२ प ३६६६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि सिटी अस्पताल निजगढ बारा पठाएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि उनीहरूलाई LS न्युरो अस्पताल बारामा रिफर गरिएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये निजगढ नगरपालिका–१२ कोल गाउँ बस्ने सोम बहादुर स्याङतानका छोरा अन्दाजी २६ वर्षीय सुजन स्याङतानको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै सोही मोटरसाइकलमा सवार निजगढ–१२ कै मन्डु गोलेका छोरा अन्दाजी २८ वर्षीय रमेश गोलेको पनि अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारकै क्रममा रमेश गोलेको साँझ ६:४९ बजे LS न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी सोही मोटरसाइकलमा सवार निजगढ–१२ कै आईते गोलेका छोरा अन्दाजी २२ वर्षीय रोजन गोलेको पनि अनुहार र टाउकोमा गम्भीर चोट लागेको र उनको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकललाई इलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630