skip this farak Kura Pravakar

सांसद अरुण चौधरीलाई काठमाडौं ल्याएर प्रहरीले पठायो धनगढी

909 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-बाँकेमा पक्राउ परेका सांसद अरुण चौधरीलाई काठमाडौं ल्याएर धनगढी पठाइएको छ ।

श्री एयरको विमान मार्फत उनलाई कैलालीको धनगढी पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एकजना अधिकृतले बताए ।

नेपालगन्जबाट साँझ ५ बजेर ५० मिनेटमा श्री एयरको उडानमार्फत उनलाई काठमाडौं पठाइएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कैलाली जाँदै गर्दा प्रहरीले कोहलपुरबाट पक्राउ गरेको थियो । १३ वर्ष पुरानो आगजनीको घटनामा उनलाई जिल्ला अदालत कैलालीले ६ महिना कैद फैसला सुनाएको छ । कैलाली–२ बाट निर्वाचित चौधरीले फैसला भुक्तान नगरेको भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको ट्याक्टर चौधरीसहितको समूहले २०६६ भदौ ३ मा आगजनी गरेको कसुरमा अदालतले उनलाई दोषी ठहर गरेको थियो । ट्याक्टरधनीले पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध जाहेरी दिएका थिए ।

nijgadh-supermart-adz1200-630