skip this

प्रहरीका १३ जना डीएसपीको काज सरुवा (सूचीसहित)

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-प्रहरी प्रधान कार्यालयले १३ जना डीएसपीहरुको काज सरुवा गरेको छ ।

बिहीबार ११६ जना डिएसपीको नियमित सरुवा गरेका आईजीपी धिरज प्रताप सिंहले पुनः काज सरुवा गर्ने निर्णय गरेका हुन् ।

पश्चिम रुकुममा कार्यरत विष्णु प्रसाद सोतीलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा द्वारिका प्रसाद घिमिरे, वीरेन्द्र वीर विश्वकर्मालाई इलाका प्रहरी कार्यालय सुख्खड कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीमा गणेश बहादुर बराललाई सरुवा गरिएको छ ।

बारास्थित इलाका प्रहरी कार्यालय सिमरामा प्रदीप बहादुर क्षेत्रीलाई सरुवा गरिएको छ । छेदीलाल कामतीलाई इलाका प्रहरी कार्यालय गरुडामा पठाइएको छ । इलाका प्रहरी कार्यालय गजुरीमा मदन बहादुर कुँवरलाई काज सरुवा गरिएको छ ।


सूचि हेर्न यहाँ Click गर्नुहाेस् ।



nijgadh-supermart-adz1200-630