सांसद कल्पना मियाँको गुनासो–मैले सोधेको प्रश्नको जवाफ त आएन नि, कहिले आउँछ ? (भिडियो)
वि.सं.२०७९ फागुन १० बुधवार १८:४५
1.63K
shares

काठमाण्डौं–नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँले प्रतिनिधि सभाको शुन्य समयमा सोधेको प्रश्नको जवाफ नपाएको गुनासो गरेकी छिन् ।
१८ माघको बैठकमा साउदीमा निःशुल्क पढ्न जान काठमाण्डौं आएका मुस्लिम विद्यार्थी अलपत्र परेको बताएकी छिन् ।
२२ दिनपछि पुनः प्रतिनिधि सभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद मियाँले आफुले राखेको प्रश्नको जवाफ कहिले पाउँछु ? कसले दिन्छ ? भन्दै प्रश्न पनि गरेकी छिन् ।
अघिल्लो बैठकमा शिक्षा मन्त्रालयबाट लिनुपर्ने एनओसी पेपर नपाउँदा विद्यार्थी बेखर्ची भएर अलपत्र परेका बताएकी थिईन् ।
भिडियो :
https://www.facebook.com/faraknepaltv/videos/1204913286810786
वि.सं.२०७९ फागुन १० बुधवार १८:४५

















