skip this

आईपीएलमा गुजरातसँग मुम्बई फराकिलो अन्तरले पराजित

879 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ – ईन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता गुजरात टाईटन्सले मुम्बई ईन्डियन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ।

घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा डिफेन्डिङ च्याम्पियन गुजरातले मुम्बई ईन्डियन्सलाई ५५ रनले पराजित गरेको हो।

गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो।

मुम्बईका लागि निहाल वाधिराले ४० र क्यामरुन ग्रीनले ३३ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

गुजरातका लागि नूर अहमदले ३, मोहित शर्मा र राशिद खानले समान २\२ विकेट लिए भने कप्तान हार्दिक पान्ड्याको नाममा १ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनायो।

यससँगै गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ।

पाँच पटकको च्याम्पियन मुम्बई सात खेलमा चार हार र तीन जितका साथ अंक तालिकाको सातौं स्थानमा छ।

nijgadh-supermart-adz1200-630