skip this

सभामुख तटस्थ र निष्पक्ष होस् भन्ने मेरो प्रस्तावको चाहना हो–सांसद खतिवडा

735 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सभामुखको भूमिका तटस्थ र निष्पक्ष बनाउन आफूले संशोधन प्रस्ताव दर्ता गरेको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बताएका छन् ।आज बसेको प्रतिनिधिसभा नियमावलीमाथिको दफाबार छलफलका क्रममा उनले कार्यव्यवस्था परामर्श समितिको सल्लाहअनुसार सभामुख अघि बढ्ने बताए ।

“सभामुख भनेको न सत्तापक्षको होस् न विपक्षको होस् । सभामुख तटस्थ र निष्पक्ष होस् भन्ने मेरो प्रस्तावको चाहना हो,” उनले भने, “सभामुखले न दायाँ न बायाँ, सभामुखले कतै पनि नहेरेर, सभामुखको छाया कतै पनि पर्नु हुँदैन भन्ने धारणा हो ।”सभामुखलाई पार्टीको ‘चार्ज’ लाग्ने गरेकाले कार्यव्यवस्थाको निर्णयबाट अघि बढ्दा बलियो हुने उनको भनाइ छ ।

nijgadh-supermart-adz1200-630