skip this

ललितपुर–१ मा नवराज शिलवाल र उदय शमशेर राणाको ‘रिम्याच’

2.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मुलुकका धेरै क्षेत्रमा पुरानै प्रतिस्पर्धीहरू दोहोरिएका छन् ।
ललितपुरको क्षेत्र नम्बर १ पनि यस्तै क्षेत्रमा पर्छ, जहाँ कांग्रेस नेता उदय शमशेर राणा र एमाले नेता नवराज सिलवालबीच चुनावी ‘रिम्याच’ हुँदैछ ।

यी दुई नेता २०७४ सालमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धी थिए जहाँ नवराजले उदयलाई पराजित गरेका थिए ।

पूर्वडीआइजी नवराज सिलवाल पुनः दोस्रो पटक निर्वाचित हुँदै संसद्को यात्रालाई कायमै राख्ने दाउमा छन्। उदय नतिजा उल्टाउने याेजनामा छन् ।

उदय शमशेर राणा ।

आईजीपी बन्न नसकेपछि डीआईजीबाटै राजीनामा दिएर राजनीति सुरु गरेका सिलवाल २०७४ सालको निर्वाचनमै विजयी भएका थिए।

नवराज सिलवाल ।

लतिलपुर–१ बाट नेकपा एमालेको तर्फबाट निर्वाचन लडेका सिलवालले पहिलो पटकमै सफलता हात पारेका थिए। यो वर्ष पनि उनी सोही ठाउँबाट एमालेकै तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्।

यस क्षेत्रबाट यो पटक गठबन्धन दल नेपाली कांग्रेसको तर्फबाट उदय शमशेर राणाले उम्मेदवारी दिएका छन्। यी दुवै जना २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धामा उत्रिएका थिए।

त्यतिबेला सिलवाल २६ हजार ९५१ मत ल्याएर विजयी भएका थिए। राणाले २० हजार ७२९ मत मात्र पाएका थिए। यसपटक नेकपा माओवादी र एकीकृत समाजवादीको साथ राणाले पाएका छन्। सत्ता गठबन्धनको साथ पाएकाले राणा पाँच वर्षअघिको नतिजा उल्ट्याउने दाउमा छन्।

सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका गोपाल राज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दिप आचार्य, नेपाल मजदुर किसान पार्टीका कविन्द्र डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनिष बहादुर श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनका सूर्य तामाङ्ग बल, नेश्नलिष्ट पिपल्स पार्टीका सुभद्रा महर्जन, राष्ट्रिय जनमुक्ति पार्टीका बालकृष्ण घिमिरे, आमूल परिवर्तन मसिहा पार्टी नेपालका विष्णु लामा र राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमार घिमिरे उम्मेदवार छन् ।

यस्तै स्वतन्त्रबाट गोविन्द घिमिरे के.सी., सुमन भुम्जन, राज कुमार तिमिल्सिना, फूल माया लो, नवराज घिमिरे, विशाल तामाङ, भुपेन्द्र सिलवाल, गोकुल तिमल्सिना, शैलेन्द्र बिष्ट र कृष्णकाजी महर्जन उम्मेदवार रहेका छन् ।

nijgadh-supermart-adz1200-630