प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि नेत्रोदय तेक्वान्दो डोजाङले जित्यो
वि.सं.२०८० माघ ६ शनिवार २२:३४

बारा–बाराको निजगढ सञ्चालन भएको प्रथम खुला प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा बारा, निजगढ–७ को नेत्रोदय तेक्वान्दो डोजाङ प्रथम भएको छ ।
बारा जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा निजगढ–८ स्थित जिल्ला कर्भड हलमा भएको प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ५ कास्य गरि १९ पदकसहित नेत्रोदय भएको हो ।

त्यसैगरि प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ३ कास्य गरि ९ पदकसहित पर्साको नगवा तेक्वान्दो डोजाङ दितृय भएको छ ।
त्यसैगरि धनुषाको प्रिया तेक्वान्दो डोजाङ तीतृय भएको छ । उसले ४ स्वर्ण, २ रजत र २ कास्य गरि ८ पदक जितेको हो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पुरुषतर्फ धनुषाको प्रिया तेक्वान्दो डोजाङका महमद् अहमद् साथी र महिलातर्फ नेत्रोदय तेक्वान्दो डोजाङका सर्शिका लामा घोषित भईन् ।
प्रतियोगिताको समापन कार्यक्रममा नेपाली कांग्रेसका नेता शम्भुबहादुर बुढाथोकी, निजगढ वडा नं। ८ का वडा अध्यक्ष स्वर्ण लामा, मधेस तेक्वान्दो संघका अध्यक्ष पेमाशिद्धि लामा, अवतार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय लामा, कांग्रेस निजगढका पूर्व सभापति महेसी कुमर, जनमत पार्टीका नगर अध्यक्ष मोजहर मन्सुर, नेपाल तामाङ घेदुङ्ग निजगढका पूर्व अध्यक्ष शिद्धार्थ लोप्चन लगायतले विजेता खेलाडी र डोजाङलाई शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरेका थिए ।
जिल्ला अध्यक्ष चित्रबहादुर लामा नन्दुको अध्यक्षतामा भएको कार्यक्रममा मधेस तेक्वान्दो संघका उपाध्यक्ष सुरेश लामा, सशस्त्र प्रहरी बल विपत्त व्यवस्थापन कार्यदल निजगढका प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक दिनेश शर्मा, अन्तर्राष्ट्रिय निर्णायक मकवानपुरका विमल विक, अन्तर्राष्ट्रिय निर्णायक काठमाण्डौंका नविना बुढाथोकी, राष्ट्रिय निर्णायक नवलपरासीका नविन गुरुङ, महोत्तरी जिल्ला तेक्वान्दो कार्यसमिति अध्यक्ष रजनी लामा सहभागि थिए । निर्णायक, डोजाङ प्रमुख लगायतको सहभागिता रहेकोे कार्यक्रमको सञ्चालन दिपककुमार खड्काले गरेका थिए ।

प्रतियोगितामा २५ किलो तौल समुहदेखि ५९ किलो तौल समुहमा प्रतिस्पर्धा हुनेछ । जसमा ११ वटा महिला र ११ वटा पुरुष गरि एक सय ९० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा मधेस प्रदेशमा रौतहट जिल्ला बाहेकका टोली छन् । त्यसैगरि बागमति प्रदेशका मकवानपुर र चितवन जिल्लाका कुल १४ डोजाङका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिता सञ्चालन गर्न निजगढ वडा नं। ८ को कार्यालयले आर्थिक सहयोग गरेको छ भने प्रतियोगिताको निजगढ रिर्सोटको प्रायोजक र मिडिया पार्टनर निजगढ समाचार र फरक नेपाल डट कम रहेको छ ।
वि.सं.२०८० माघ ६ शनिवार २२:३४

















