skip this hetauda tech

निजगढका सहकारीकर्मी मैनालीको हृदयघातबाट निधन

7.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–९ स्थित नवतारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुशिल मैनालीको हृदयघातबाट निधन भएको छ ।

साईकिङ्ग गरेर घर फर्किएका ईलेक्ट्रोनिक पसल व्यवसायि मैनाली घरमा काम गरेर पसिना आएपछि कोठामा पसेका थिए ।

शौचालय गएका बेला असहज भएर लडेपछि सम्हालिएर आफैले आफन्तलाई खबर गरेका थिए । उनलाई तत्कालै निजगढ सामुदायिक अस्पताल पु¥याईएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा नै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

४८ वर्षिय वर्षिय मैनालीको असमायिक निधन भएपछि निजगढवासी स्तब्द भएका छन् । मैनालीका आमा, श्रीमती, दुई छोरी र एक छोरा छन् । पाँच दाजुभाई मध्ये उनी काईलो छोरा हुन् ।

https://www.facebook.com/61554154396132/videos/235645232919413

nijgadh-supermart-adz1200-630