skip this hetauda tech

यस्तो बन्यो बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ टिम ! निर्वाचन समितिले गरायो सपथ

प्रमाण–पत्र बाड्न पुगे नगरका जनप्रतिनिधि

1.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका नव निर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी तथा सदस्यको पद तथा गोपनियताको सथप गराईएको छ ।

निर्वाचन समितिका निर्वाचन अधिकृत अजककुमार उप्रेतीले शनिबार पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराएका हुन् ।

त्यसैगरि निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, उपमेयर सोमाया थिङसहित निर्वाचन मण्डलले पदाधिकारी तथा सदस्यलाई निर्वाचित भएको प्रमाण–पत्र वितरण गरेका छन् ।

कार्यक्रममा वडा अध्यक्ष सुर्यबहादुर थापा, घनश्याम तिमल्सिना, संस्थाका पूर्व अध्यक्ष अम्बिकाप्रसाद चौलागाई, निर्वाचन समितिका सदस्य एवं पूर्व अध्यक्ष नारायणप्रसाद गौतम, निर्वाचन समिति सदस्य रामकुमार खड्का लगायतको सहभागिता रहेको थियो ।

यसैविच सपथ ग्रहणसँगै १३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष सापकोटाले वार्षिक साधारणसभा सम्पन्न गर्न महत्वपूर्ण योगदान गर्नुहुने प्रमुख अतिथी, अतिथी, निर्वाचन मण्डलका पदाधिकारी, पुर्व अध्यक्ष, पुर्व सञ्चालक, शेयर सदस्य, निर्वाचन कार्यक्रमका निर्वाचन अधिकृत, कर्मचारी, पत्रकार तथा शुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, समाजका लब्धप्रतिष्ठित व्यक्तित्वप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उनले एतिहासिक क्षणमा मत र मनको उच्च सम्मान गर्दै निजगढ नगरबासी कृषकको आर्थिक समृद्धिको महानअभिभारा पूरा गर्न अझ सक्रियता पूर्वक कृयाशिल रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

यस्तो बन्यो टिम

संस्थाको अध्यक्षमा थानेश्वर सापकोटा, उपाध्यक्षमा टुकबहादुर तिमल्सिना, सचिवमा प्रकाश प्रसाद सापकोटा, कोषाध्यक्ष रामहरी खरेल, उपसचिवमा निर्मल बजगाई, सदस्य तुलसीराम राउत, सुर्य बहादुर खड्का, बसन्ता कार्की, रन्जीता अधिकारी, सर्मिला हुमागाई, सन्तु बहादुर वाइवा, तिलक बहादुर राउत, उमा अर्याल, देहेन्द्र प्रसाद घिमिरे निर्वाचित भएका छन् ।

त्यसैगरि लेखा समिति संयोजक राजन प्रसाद तिमसिना, लेखा समिति सदस्य उमादेवी दाहाल घिमिरे, राम प्रसाद हुमागाई निर्वाचित भएका छन् ।

उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेकोमा सहमति जुन नसकेपछि मतदान भएको थियो । मतदानबाट तिमल्सिना निर्वाचित भएका हुन् । अरु पदमा भने सर्वसम्मत निर्वाचित भएका थिए ।

nijgadh-supermart-adz1200-630