skip this yams_Max_Hospital.jpeg

जनहित पुनः बन्यो महिलाले नेतृत्व गरेको नगरकै एक मात्र वन समुह ! चन्द्रिकाकै नेतृत्वमा नयाँ समिति सर्वसम्मत

2.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका वडा नं. ६ र ७ कार्यक्षेत्र रहेको श्री जनहित सामुदायिक वन उपभोक्ता समूह अध्यक्षमा चन्द्रिका कुमारी मगर पुनः निर्वाचित भएकी छिन् ।

८ पौषको निर्वाचन मण्डलको निर्णय अनुसार शनिबार जनहित सामुदायिक वनको ईको पर्कमा भएको १० औं साधारण सभाले सर्वसम्मत मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समुहको उपाध्यक्षमा नेत्र कुमारी थापा पारु, सचिवमा उत्तरकुमार पुलामी, कोषाध्यक्षमा सृजना वाईवा, सहसचिवमा चन्द्रप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि सदस्यमा संजोग लम्साल, रेनुका पुलामी, सिता माझी, ज्योती माया रुम्बा, रामबहादुर माझी, जानकी पुलामी वि.क., दिपा खुलाल रहेका छन् । बाँकी सदस्य मनोनित गरिने जनाईएको छ ।

निजगढ नगरपालिकामा महिलाले नेतृत्व गरेको यो एक मात्र वन समुह हो ।

nijgadh-supermart-adz1200-630