skip this

२४ लाख खोप ‘गायब’ प्रकरण : स्वास्थ्यमन्त्रीलाई कारबाहीको माग गर्दै अख्तियारमा पुग्यो युवा संघ

972 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई कारबाहीको माग गर्दै अख्तियारमा मुद्दा दायर गरेको हो ।

२४ लाख डोज खोप हिनामिना गरी राज्यको २ अर्ब ४० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर भएको हो ।

खोप हिनामिना कार्यत्रमा संलग्न मन्त्री खतिवडा र अन्य व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न माग गरिएको छ ।

सरकारले नागरिकलाई पर्याप्त खोप लगाउनुपर्नेमा उल्टै राज्यकोषबाट खर्च गरी खरिद गरिएको र कोभ्याक्स सुविधा मार्फत मुलुकमा आएको खोपको चरम दुरुपयोग भएको संघले जनाएको छ ।

https://faraknepal.com/10241?

nijgadh-supermart-adz1200-630