skip this yams_Max_Hospital.jpeg

अफगानिस्तानमा नेपाली पठाउने म्यानपावरलाई वैदेशिक रोजगार विभागले बोलायो

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : वैदेशिक रोजगार विभागले अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।
   नेपालीको अवस्थाबारे यकीन विवरण जानकारीमा राख्न र उद्धारका लागि पहल गर्न म्यानपावर कम्पानीहरुलाई निर्देशन दिइएको विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए । ‘अफगानिस्तानमा श्रमिक पठाएका म्यानपार कम्पनीलाई सोमबार विवरणसहित उपस्थित हुन भनेका छौं ।
  नेपालीको अवस्थाबारे भोलि उनीहरुसंग छलफल हुन्छ,’ सूचना अधिकारी भट्टराईले भने । अफगानिस्तानको कुन ठाउँमा नेपालीहरु कुन अवस्थामा छन् भन्ने जानकारी लिने र त्यसले उनीहरुको उद्धार गर्न सहज हुने भट्टराईको भनाइ छ ।
    अफगानिस्तानबाट विदेशी सैनिक फिर्ता हुन थालेसँगै विद्रोही संगठन तालिबानले विभिन्न शहरहरु नियन्त्रणमा लिन थालेको छ । सरकारी सुरक्षाकर्मीसँग तालिवानको भिडन्तका कारण हिंसा फैलिएपछि अफगानिस्तानबाट धेरै देशले आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् ।

nijgadh-supermart-adz1200-630