skip this

नेप्से घट्दा पनि कारोबारमा नयाँ रेकर्ड

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएपनि  दैनिक कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ।
आज २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको द्छ । दैनिक कारोबारमा यो रकम अहिलेसम्मकै उच्च हो। आइतबार नेप्से २४.५७ अंकले घटेर तीन हजार एक सय ५४.३ अंकमा झरेको छ। आइतबार बजार खुलेको दुई घण्टा नपुग्दै नेप्सेमा करिब १२ अर्ब रुपैयाँको कारोबार भएको थियो।
बजार घटे पनि उत्पादनमूलक, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट समूह भने बढेको छ। आइतबार २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। १३ मध्ये ३ वटा समूहमा हरियाली देखिएको छ।
३ कम्पनीको सेयर मुल्य बढेर सर्किट लागेको छ। नेपाल बैंकको सबैभन्दा बढी एक अर्बभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबार रकममा दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र अपि पावर छन्।

nijgadh-supermart-adz1200-630