आज तीन प्रदेश वर्षाको सम्भावना, भोलिदेखि सुधार हुने
वि.सं.२०७८ माघ २८ शुक्रवार ०९:०७
882
shares

काठमाडौँ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
भोलिदेखि मौसममा सुधार हुने देखिएको छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आँकलन महाशाखाले गरेको छ ।
वि.सं.२०७८ माघ २८ शुक्रवार ०९:०७
















