अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्दै, संसदीय दलको नेता चयन
वि.सं.२०७८ भदौ २ बुधवार १७:०३
1.37K
shares
काठमाडौँ : बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ ।
डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने सहमति भएको प्रमुख सचेतक दीपक निरौलाले बताए । मुख्यमन्त्रीबाट राजीनामा दिनुअघि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् ।
डोरमणीकै प्रस्तावमा शाक्य संसदीय दलको नेतामा सर्वसम्मत चयन भएपछि अब मुख्यमन्त्री परिवर्तन हुने प्रमुख सचेतक निरौलाले बताए ।
आजै अष्टलक्ष्मी शाक्य वागमतीको मुख्यमन्त्री नियुक्त हुने निरौलाले बताए । सपथग्रहण भने भोलि हुनेछ । एमालेले दलको नेता परिवर्तनको सूचना प्रदेश प्रमुखको कार्यालयलाई दिएको छ । एमाले दलको बैठकमा तीन-चार जनाबाहेक सबै सांसद उपस्थित भएको निरौलाले बताए ।
वि.सं.२०७८ भदौ २ बुधवार १७:०३