बाटुलीबाट कमब्याक गर्दै नायिका मौषमी मल्ल

वि.सं.२०७८ भदौ २ बुधवार २०:५६

काठमाण्डौं : तीन दशकअघि नेपाली चलचित्र जगतकी सर्वाधिक चर्चित नायिका मौषमी मल्ल केहि वर्षदेखि गुमनाम जस्तै छिन् । ७० बढी नेपाली चलचित्रमा अभिनय गरेकी नायिका मल्लले ४५ सालमा फिल्म ‘भाग्य रेखा’बाट नेपाली रजतपटमा हिरोइनको रूपमा प्रवेश गरेकी थिईन् ।
शर्मिला मल्ल, गौरी मल्ल, करिश्मा मानन्धर, कृष्टि मैनाली जस्ता हिरोइनहरुको जगजगी भएको बेला मौसमीले हिट लिस्टमा आफुलाई उभ्याउन सफल भइन् । मौसमी आफ्नो समयकी सफल अभिनेत्री हुन् ।
लामो समय विदेश बसेर फर्केकी मौषमीले आफ्नै लगानीमा ‘गिरफ्तार’ र समय नामक फिल्म निर्माण गरिन् । आफ्नो समेत अभिनय रहेको ‘गिरफ्तार’बाट मौसमीले लगानी उठाइन् । दुई वर्षको अन्तरालमा मौसमीले आफ्नै छोरो विक्की मल्ललाई हिरो बनाएर ‘समय’ नामक फिल्मले व्यवसायिक सफलता हात परेन ।
फिल्ममा व्यवसायिक सफलता हात नपरेपछि होटल सञ्चालन सुरु गरेकी मौषमी एउटा टेलिचचित्रमार्फत कमब्याक हुन लागेकी छिन् । नवलपरासीको गैंडाकोटमा जग्गा भाडामा लिएर मौसमीले होटल व्यवसाय सञ्चालनमा ल्याएकी मौषमी नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायांकन गरिएको नयाँ पारिवारिक टेलिफिल्म ‘बाटुली’ मा देखिन लागेका हुन् ।
आर्टिष्ट खबर मिडियाले निर्माण गरेको टेलिफिल्म न्युज नेपाल एचडी टेलिभिजनबाट मंगलबारदेखि प्रसारण सुरु भएको हो ।
सञ्चारकर्मी गोपीकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’मा २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो । निर्देशक चापागाईंले मोबाइल युगभन्दा अघि नेपाली गाउँ समाजमा सासु र बुहारीबिच हुने विभेदलाई टेलिफिल्ममा देखाइएको बताए । टेलिफिल्ममा गोपीकृष्णकै कथा छ ।
टेलिफिल्ममा मौसमी मल्लसहित सिपी पौडेल, संगम भुषाल, खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समीक्षा लामिछाने, बाल कलाकार खुशी अर्याललगायतको अभिनय रहेको छ ।
अनिल लामिछानेको छायांकन रहेको ‘बाटुली’मा शारदा पौडेलको श्रृंगार, वीरेन्द्र भाट ‘विपिन’, निरज पन्थीको सहायक निर्देशन छ । ‘बाटुली’ आर्टिष्ट खबरको युट्युवमा मंगलबार साँझ ८ बजेबाट हेर्न सकिनेछ ।

वि.सं.२०७८ भदौ २ बुधवार २०:५६