एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त (भिडियो)
वि.सं.२०७८ फागुन ४ बुधवार १४:१२

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ । अहिले बानेश्वर क्षेत्रमा तनावको स्थिति छ ।
झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ ।
केही प्रदर्शनकारी संसद भवनको एक नम्बर गेट (सिभिल अस्पतालतर्फको गेट)सम्मै पुगेका थिए । ती प्रदर्शनकारीलाई प्रहरीले हटाएको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरा प्रयोग गरेको हो । प्रदर्शनकारीले प्रहरीलाई ढुंगा प्रहार गरेका छन् । ढुंगा प्रहारबाट प्रहरी र पत्रकार घाइते भएका छन् । प्रहरीले केहि प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
विरोध प्रदर्शनका कारण माइतीघर–तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।
भिडियो
वि.सं.२०७८ फागुन ४ बुधवार १४:१२

















