नयाँ बानेश्वरमा एमसीसीविरुद्ध माओवादी निकट युवा–विद्यार्थीको प्रदर्शन (भिडियो)
वि.सं.२०७८ फागुन ४ बुधवार १३:००
966
shares

काठमाडौं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) निकट युवा तथा विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।
आज संसद बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् ।

उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् ।
माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय नै गरिसकेको छ ।
विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धनले पनि एमसीसीको विरुद्धमा आज देशभर बन्द आह्वान गरेको छ । विभिन्न पार्टी तथा संघ संगठनले पनि विरोध गरिरहेका छन् ।
भिडियो
वि.सं.२०७८ फागुन ४ बुधवार १३:००

















