skip this

बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक सुरु

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ। भर्खरै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।
एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा दलहरुबीच विवाद बढिरहेका बेला बैठक सुरु भएको हो। बिहीबार साँझ बसेको बैठक ठोस निष्कर्षमा पुग्न नसकेपछि शुक्रबार बिहान पुनः बैठक बसेको हो। दलहरु आ-आफ्नै अडानमा कायम रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना कम छ ।
आजको बैठकबाट ठोस निर्णय हुने नेताहरुले बताएका छन्।आजै दिउँसो प्रतिनिधिसभाको बैठक समेत बस्ने भएकाले गठबन्धनको बैठकलाई महत्वका साथ हेरिएको छ।
सत्ता गठबन्धनको बैठक बस्नु अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुको बैठक बसेको थियो। एमसीसी परियोजना टेबुल गर्ने विषयमा नै गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन।
बालुवाटारमा गठबन्धन दलको बैठक बस्नुअघि साझा धारणा बनाउन माओवादी केन्द्रका अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहित झलनाथ खनाल, अशोक राई लगायतका नेताहरुको बैठक बसेको थियो।
यथास्थितिमा नै एमसीसी अनुमोदन गर्न नसकिने तीन दलको निष्कर्ष रहेको छ। सरकारको तर्फबाट प्रधानमन्त्रीले जबरजस्ती टेबल गर्न खोजे आफूहरु पनि त्यसै अनुसार प्रस्तुत हुने सहमति खुमलटार बैठकमा भएको एक नेताले बताए।

nijgadh-supermart-adz1200-630