खुमलटार बैठक : एमसीसीमा अडान परिवर्तन नगर्ने निर्णय
वि.सं.२०७८ फागुन ६ शुक्रवार १०:५०

काठमाडौं । सत्ता गठबन्धनका एमसीसी विरोधी तीन दलका नेताहरुको छलफल सकिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा माओवादीका नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
छलफलमा आजै बालुवाटारमा बस्ने सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा एमसीसीबारे समान धारणा कसरी बनाउने ? भन्नेबारेमा छलफल भएको सहभागी एक नेताले बताए ।
‘एमसीसीलाई कसरी निकास दिने र समान धारणा बनाउने भन्नेबारेमा छलफल भएको हो’, खुमलटारमा सहभागी एक नेताले भने, ‘हाम्रो पूर्ववत अडान परिवर्तन भएको छैन ।’ बिहीबार बेलुका बालुवाटारमा भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी जसरी पनि टेबल गर्नुपर्ने बताएपछि गठबन्धनमा खटपट पैदा भएको थियो । लगत्तै देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका थिए ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १०:५०

















